
काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा गलत सूचनाका आधारमा पक्राउ अभियोग लगाइएका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान नलिई फिर्ता पठाएको छ।
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा (सीआईबी)ले पूर्वमन्त्री जोशीलाई पक्राउ पूर्जी जारी गरेको थियो। त्यसैले सोमबार सीआईबीमा बयानका लागि गएका जोशीलाई बयान नलिएपछि उनी घर फर्केका छन्।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मन्त्रीपरिषद्को नीतिगत निर्णय हुँदा तत्कालिन भूमिसुधार मन्त्री जोशीले राजिनामा दिएका थिए । तर अख्तियारले समेत उनीमाथि छानबिन गर्नु पर्ने औंल्याएपछि सीआईबीले उनीमाथि बयानका लागि पत्र काटेको थियो।
‘पहिलोपटक सीआइबी प्रमुख आफैले बयानका लागि भनेर बोलाए, तर फेरी अहिले नआउनु भनि खबर आयो। आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो। म फरार छुँइन,’ उनले भने ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...