
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। उनले सोमबार प्रदेशसभामा आफूलाई प्रदेश सभाका बहुमत सदस्यको विस्वास छ भने राखेको प्रस्ताव स्वीकृत भएसँगै उनको मुख्यमन्त्री पद सुरक्षित भएको हो।
मुख्यमन्त्री थापाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ४७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो। ९३ सदस्यीय कोशी प्रदेश सभामा राप्रपाका ज्येष्ठ सदस्य अमरबहादुर विष्ट र एमालेकी उपसभामुख सृजना दनुवारसहित १५ प्रदेश सभा सदस्य अनुपस्थित भएका थिए।
कोशी प्रदेशमा सभामुखको राजीनामा गरेर मन्त्री बनेपछि सभामुख विहिन भएको थियो। त्यसैले संविधान त सभा सञ्चनलनको जिम्मेवारी उपसभामुख दनुवारले पाएकी थिइन्। तर, उपसभामुख दनुवार आजै स्वास्थ्यमा अचनाक समस्या आएको भन्दै बिदामा बसेकी थिइन्।
उपसभामुख दनुवार अनुपस्थित भएपछि नेपाली कांग्रेसका सांसद ईस्राईल मन्सुरीले सभा सञ्चानल गरेका थिए। अन्सारीभन्दा ज्येष्ठ सदस्य राप्रपाका अम्बर बहादुर विष्टले यसअघि नै आफू बैठकमा उपस्थित हुन नसक्ने जनाएका थिए।
सभाअध्यक्षको भुमिकामा रहेका मन्सुरीले सभाको सञ्चालन सँगै मुख्यमन्त्री थापालाई विश्वासको मत पनि दिएका छन्। सभाको अध्यक्षता गरेको व्यत्तिले समेत मत हालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कानूनी प्रतिवाद गर्ने जनाएको छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...