बुद्ध नगरमा आतङ्क मच्चाएको भैंसी ६ घण्टापछि नियन्त्रणमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बुद्ध नगरमा आतङ्क मच्चाएको भैंसी ६ घण्टापछि नियन्त्रणमा

काठमाडौं। काठमाडौंको बुद्धनगर र शंखमुल क्षेत्रमा एउटा भैंसीले आातङ्क मच्चाएपछि त्यसलाई नियन्त्रणम लिन बन कार्यालयका प्राविधिक र प्रहरीलाई करिव ६ घण्टा लागेको छ।

बुधबार विहान बुद्धनगर र शंखमुल क्षेत्रमा आएको भौंसीले सटर, स्कुटरमा हान्दै हिँड्न थालेपछि प्रहरी र बन कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका हुन्। शंखमुलस्थित ज्ञान निकेतन स्कूलमा पसेको भैँसीलाई नियन्त्रणमा लिइएको छ।

बुधवार बिहान झण्डै ६ बजेदेखि फुक्काफाल हुँदै दौडिएको भैंसीले हानेर एउटा स्कुटरमा क्षति पुर्याएको थियो। वन कार्यालयका प्राविधिकले डार्ट (लठ्याउने सुई) हानेर भैँसी नियन्त्रणमा लिएका हुन्।

वधशालामा काट्न लागेको भैंसी फुत्केर भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। सो भैँसीलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । भैँसी पाटन क्षेत्रबाट भागेको हुन सक्ने प्रहरीको आशंका छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ६, १३: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ६, १३: ४६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र ६, १३: ४६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...