‘यस्तो हुन्छ सममतिको ड्राफ्ट?–ओली, ‘भाषाको ज्ञान हुनेले आफै बुझ्नु पर्ने’– नेम्वाङ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
आयोग गठनको मस्यौदालाई लिएर ओली र नेम्बाङबीच सवाल जवाफ

‘यस्तो हुन्छ सममतिको ड्राफ्ट?–ओली, ‘भाषाको ज्ञान हुनेले आफै बुझ्नु पर्ने’– नेम्वाङ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टको ६१ केजी सुन तस्करी प्रकरणको विषयमा छानबिनका लागि बनाइने उच्चस्तरिय समितिको मस्यौदाको विषयललाई लिएर पार्टी संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सिंहदरबारमा बुधबार ११ बजे बोलाइएको सर्वदलीय बैठकमा ओलीले तयार पारिएको दुई बुँदे मस्यौदाप्रति असन्तुष्टि जनाउँदै ओलीले भने, ‘‘के लेख्या यस्तो? यस्तै हुन्छ सहमतिको ड्राफ्ट? ‘लेख्न त नेपालीमै लेख्या हो। अलिक भाषा सिकाउनुपर्ने जस्तो छ।’

ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गर्दै नेम्बाङले पनि आफ्नो दलका अध्यक्षको प्रस्तुतिसँग संकोच मान्दै जवाफ फर्काए, ‘लेख्नुपर्ने कुरा त्यहीँ लेखिएकै छ। भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो।’

ओलीले दुई बुँदे सहमतिको कुन शब्द वा प्रसंगमा चित्त नबुझाएका हुन् भन्ने विषय भने स्पष्ट पारेनन्। बैठकले सुन काण्डको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बनाउने लगायतका सहमति गरेको छ।

मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य प्रतिकुल भएको कारण बताए पनि सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे तयार गरिएको सहमतिको मस्यौदाप्रति असन्तुष्टिलाई मान्नु पर्छ।

जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन ओलीले आफ्नो पार्टीका तर्फबाट नेम्बाङलाई पठाएका थिए। कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डेसहित नेम्बाङले सहमतिको ड्राफ्ट मंगलबार नै तयार पारेका थिए। ओलीले नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर यसबारे ब्रिफिङ समेत मागेका थिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ६, १६: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ६, १६: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ६, १६: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...