बालेनको रिट खारेजसँगै नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बालेनको रिट खारेजसँगै नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (वालेन)ले त्रिभुवन अन्तराष्ट्रि विमानस्थलको फेस्सिङ तारवार काटेर हटाएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ।

महानगरपालिकाको निर्देशनमा महानगर प्रहरीले गत जेठ ३२ गते प्राधिकरणलाई जानकारी नै नदिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार काटेपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुख राजु पाण्डेलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए।

त्यसको जवाफ नदिई महानगरका मेयर वालेन साहले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । तर उच्च अदालतले उनको रिट भने खारेज गरिदिएको हो।

बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ।

स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ७, १४: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ७, १४: ४८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र ७, १४: ४८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...