सवारी जाँचमा खटिएका इन्सपेक्टरमाथि बन्चरो प्रहार गर्ने तीन जना पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सवारी जाँचमा खटिएका इन्सपेक्टरमाथि बन्चरो प्रहार गर्ने तीन जना पक्राउ

झापा। सवारी साधनको चेक जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज इन्सपेक्टर (प्रहरी निरीक्षक) युवराज कटुवाललाई बिहीबार साँझ बजेतिर मोटरसाईकलमा आएका एक युवाले बन्चरो प्रहार गरी बनाएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा रहेका प्रहरी निरीक्षक कटुवाल र अर्का एक प्रहरीले तीन जना युवा सवार मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा मोटरसाईकल पछि बस्ने युवाले बञ्चरो प्रहार गरी घाईत बनाएकाले उनको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेकोले हाल बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जनालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल रोके लगतै मोटरसाइकल पछाडि सवार शिवसताक्षी–९ का ३६ वर्षीय अशोक पोखरेलले हाते बन्चरोले इन्स्पेक्टर कटुवालमाथि प्रहार गर्दा टाउकोमा दुई ठाउँ र हातको औंलामा चोट लागेको छ। उनको टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको डीएसपी रिजालले बताए।

घटनामा संलग्न मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, मोटरसाइकलमा सवार सोही ठाउँका ३३ वर्षीय लक्ष्मण टुडू ,बन्चरो हान्ने पोखरेलसहित तीन जना, मोटरसाइकल र बन्चरो नियन्त्रणमा लिएको उनले बताए।

प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएकोले सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला पारेको छ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ८, १५: ५८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ८, १५: ५८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ८, १५: ५८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...