ज्यान मारेको अभियोग लागेका एमालेका फरार सांसद् कोइरीलाई उन्मुक्तिको तयारीमा एमाले – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ज्यान मारेको अभियोग लागेका एमालेका फरार सांसद् कोइरीलाई उन्मुक्तिको तयारीमा एमाले

काठमाडौं। ज्यान मारेको अभियोगमा प्रहरीको खोजीको सूचीमा रहेका एमालेका निलम्वित सांसद लक्ष्मी महतो कोइरीलाई उन्मुक्ति दिन एमालेले तयारी गरेको छ।

२०७७ मंसिर १९ गते जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । तर तत्कालिन जनता समाजबादीका नेता तथा गत वर्ष मंसिरमा एमाले प्रवेश गरेका कोइरी अदालतको आदेशबमोजिम न तारेखमा गए न त थुनामा नै बसे।

कानुनी छिद्राबाट संसद बन्न सफल कोइरी संसदीय यात्रामा भने सहभागी हुन पाएका छैनन् । उनी प्रहरीको फरार सूचीमा छन्। २०८० बैशाख १९ गते उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले संसद पदवाट नै उनलाई निलम्बन गरेका छन्।

निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा फरार रहेका कोइरीलाई अभियोगबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामा नै फर्काउने आश्वासन दिँदै आएका छन्।

केन्द्रीय सदस्य जुली कुमारी महतोले हालै कोइरीको गृह गाउँ महोत्तरी पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने वाचा गरेकी थिइन्। त्यसको पछि कुनै राजनीतिक घटनाक्रमलाई जोडेर उनै कोइरीको मुद्धा फिर्ता गराउन एमालेले सरकारलाई दबाब दिइरहेको बुझिएको छ।
तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने कोइरीको मुद्धा फिर्ता लिने प्रक्रिया निकै जटिल भएको भन्दै उनलाई उन्मुक्ति दिनु भन्दा कारबाहीको दायरामा ल्याउन चाहन्छन्।
माओबादी केन्द्रका उपाध्यक्ष श्रेष्ठ निकटका नेता गिरिराजमणि पोखरेललाई उनै कोइरीले महोत्तरी क्षेत्र नम्वर १ मा पराजित गरेपछि गृहमन्त्री श्रेष्ठ कोइरीप्रति भने सकारात्मक देखिँदैनन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र ८, १६: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र ८, १६: २२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र ८, १६: २२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...