लायन्स डिष्ट्रिक्ट ३२५ ‘एफ’का क्याविनेट अफिसरहरुको प्रतिष्ठापन सम्पन्न – Naya Bikalpa
September 30, 2023, Saturday

लायन्स डिष्ट्रिक्ट ३२५ ‘एफ’का क्याविनेट अफिसरहरुको प्रतिष्ठापन सम्पन्न

काठमाडौं। लायन्स क्लव ईन्टरनेसनलको डिष्ट्रिक्ट ३२५ एफले डिष्ट्रिक्ट क्याविनेट अफिसर्सहरुको प्रतिष्ठापन गरेको छ।

प्रतिष्ठापन कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेसनलका निर्देशक लायन वालकृष्ण वुर्लाकोटीले शुक्रबार राजधानीमा एक विशेष समारोहबीच डिष्ट्रिक्ट क्याविनेट अफिसरहरुलाई संवोधन गर्दै लायन्सका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा. पैटी हिलले यो वर्ष अघि सारेको ‘मिसन १.५’ जस्तो महत्वकांक्षी सदस्यता बद्धि गर्ने अभियानलाई सफल बनाउन आग्रह गरे।

उनले विश्व भर छरिएर रहेका लायनहरुले आगामी चार वर्ष भित्रमा क्लबका सदस्यहरुको सङ्ख्या बृद्धि गरी १५ लाख पुर्याउन डिष्ट्रिरक्ट ३२५‘एफ’को भूमिका महत्वपूर्ण हुने बताए। सो अवसरमा बुर्लाकोटीले डिष्ट्रिक्ट ३२५‘एफ’का क्याविनेट मेम्वरहरु, जोन चेयरपर्सन र उपलब्ध क्लबका पदाधिकारीहरुलाई मानव सेवामा आफू लाग्न र अन्य लायनहरुलाई अभिप्रेरित गर्न आव्हान गरे।

लायन्सको डिष्ट्रिक्ट ३२५‘एफ’का डिष्ट्रिक्ट गभर्नर लायन शिवकुमार कटवालले यो वर्ष लायन्सका अन्तराष्ट्रिय प्रेसिडेन्ट डा. पैटी हिलले विश्वभर छरिएर रहेका लायनहरुले सकारात्मक सन्देश प्रवाह गर्न सक्ने भन्दै ‘चेन्जिङ द वल्र्ड’ भन्ने मूल लक्ष्यलाई सफल बनाउन आव्हान गरे । उनले भने ‘मैले अघि सारेको ‘सर्भिस फर हेप्पीनेस’को नारालाई सफल बनाउन सबै लायन मेम्वरहरुलाई आव्हान गर्दछु।’

उनले ‘सवल क्लवः दीर्घजीवि सदस्य’को नारालाई कार्यान्वयन गर्न आर्थिक रुपमा क्लबलाई सक्षम तुल्याउन र लायनहरुलाई क्लवले प्रदान गर्ने मानविय सेवामा लाग्नको लागि आकर्षित गर्नु पर्ने खाँचो औल्याए।
शुभकामना मन्तव्य दिँदै लायन संजय खेतानले समस्यामा परेका मानवलाई सेवा गर्नु नै लायन्स क्लवको मुख्य उदेश्य रहेको बताउँदै भने ‘गरिव जन्मनु अपराध होइन तर, गरिब मर्नु अपराध हो।’ खेतानले असहाय र समस्यामा परेकाको सेवा गर्नु नै सच्चा धर्म भएकाले त्यस्तो पुण्य कार्यमा अझ बढी सेवा प्रदान गर्न लायनहरुलाई आग्रह गरे।

लायन्सको डिष्ट्रिक्ट ३२५ एफका भाईस डिष्ट्रिक्ट गभर्नर लायन शंकर कुमार शारडाले सबै सहभागीहरुलाई धन्यवाद दिँदै अन्तराष्ट्रिय प्रेसिडेन्ट र डिष्ट्रिक्टका गभर्नरले अघि सारेका कार्यक्रमलाई सफल बनाउन आफू सक्रिय हुने भन्दै डिष्ट्रिक्ट क्याविनेट अफिसरहरुलाई पनि सहभागिताको लागि स्वागत गरे ।

सो अवसरमा डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शिवकुमार कटवालले जुलाई महिनाको उत्कृष्ठ लायनको रुपमा डिष्ट्रिक्टका मार्केटिङ अफिसर भरत प्रसाईंलाई घोषणा गरे।

सो अवसरमा डिष्ट्रिक्टका पूर्व गभर्नर मधुकर उपाध्यायले लायन बालकृष्ण बुर्लाकोटी यो वर्ष लायन्सको अन्तराष्ट्रिय निर्देशकमा निर्वाचित भएकोमा स्वागत गर्दै बुर्लाकोटीको परिचय दिएका थिए ।

सन् २०२२-०२३ मा डिष्ट्रिक्ट ३२५ एफ नेपालका १५ वटा डिष्ट्रिक्टमध्ये सबैभन्दा उत्कृष्ठ हुन सफल भएको थियो । हालका डिष्ट्रिक्ट गभर्नर कटवालले लायन्स छात्रबृत्ति कार्यक्रम भनी अघि सारेको महत्वकांक्षी कार्यक्रमको कोष एक करोडभन्दा बढी भएकाले त्यसलाई सफल बनाउन आग्रह गरेका थिए।

 

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र ११, १२: ४०

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र ११, १२: ४०

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र ११, १२: ४०

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...