असोज १ देखि राजधानीको फोहोर बन्चरेडाँडामा फाल्न नदिने – Naya Bikalpa
September 30, 2023, Saturday

असोज १ देखि राजधानीको फोहोर बन्चरेडाँडामा फाल्न नदिने

 

काठमाडौं। नुवाकोटको बञ्चरेडाँडाका स्थानीयबासीले आउँदो असोज एक गते देखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने भएका छन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सिंहदरबार (शहरी विकास मन्त्रालय) र बागदरबार (काठमाडौं महानगरपालिका) ले सहमति कार्यान्वयनमा नगरेर षडयन्त्र गरेको भन्दै ल्याण्डफिल साइट सरोकार समितिले यस्तो घोषणा गरेको हो।

स्थानीय सरोकार समितिले फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परेको तर सम्वन्धित निकायहरूले समस्यालाई नजरअन्दाज गरेकाले फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ। प्रदूषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिल साइट अहिलेको निकास भएको बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताए।

सरकारले प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ।

२०६२ सालदेखि आजसम्म काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ।

काठमाडौँ उपत्यकाको फोहोर मैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हर हालतमा नदिने सरोकार समितिले जनाएको छ।

सरकारले ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधिकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोर मैला, विषाधिजन्य फोहोर मैला, औद्योगिकजन्य फोहोर मैला प्रतिबन्ध नगरेको उनीहरूको आरोप छ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र ११, १८: ३८

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र ११, १८: ३८

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र ११, १८: ३८

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...