सरकारको ढुकुटीमा दुई खर्ब ८० अर्ब बचत छः प्रधानमन्त्री – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
सांसद राणाको प्रश्नः सरकारसँग बजेट भए पनि ललितपुर १ मा किन विभेद?

सरकारको ढुकुटीमा दुई खर्ब ८० अर्ब बचत छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार मसान्तसम्म सरकारको ढुकुटीमा दुई खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ बचत रहेको बताएका छन्।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद उदय शम्शेर जबराले राज्यको ढुकुटीमा पर्याप्त बजेट भए पनि सरकारले उपत्यकाको ३५ प्रतिशत भू–भाग ओगटेको ललितपुर क्षेत्र नम्वर १को भौतिक पूर्वाधार सडक निर्माणमा किन बजेट उपलब्ध गराइएन भनी गरेको प्रश्नको जवाफमा सो जानकारी दिएका हुन्।

प्रधानमन्त्री दाहालले विदेशी सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई १५ सय ३९ अरब ३६ रुपैयाँ पुगेको र यसले १० महिना धान्न सक्ने जनाए।

उनले काठमाडौँ उपत्यकामा पूर्वाधार विकासमा बजेट विनियोजन गरेको र ललितपुर निर्वाचन क्षेत्र १ जोड्ने सडकका सरकारले ध्यान दिएको बताएका छन्।

उनले सरकारले चालेका कदमबाट अर्थतन्त्र बिस्तारै सहज अवस्थामा गएको राष्ट्र बैकको सूचकाङ्कले पनि देखाएको भन्दै वैदेशिक रेमिट्यान्समा वृद्धि भएको र वैदेशिक लगानीको स्वीकृति बढाउने काम भएको, जग्गाको कित्ताकाट खुलाएको र उत्पादन मूलक उद्योगको लागि तीन करोड ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको बताए।

निकट भविष्यमा हुने चीन भ्रमण दुई देशबिचको सम्बन्धलाई थप उचाइ तथा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने, सीमा नाका प्रभावकारी तथा सडक, ऊर्जा ,व्यापार क्षेत्रमा चीनको सहयोग भ्रमणको प्राथमिकतामा रहेको दाहालले बताए।

यसअघि जवराले उपत्यकाभित्र बढ्दो जनसङ्ख्यालाई व्यवस्थित गर्न चक्रपथ बाहिर नगर र गाउँ जोड्न विस्तार गर्ने सडक नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पिक सडक र नयाँ बस्ती विकास समस्या परेको भन्दै उपत्यकाको ३५ प्रतिशत भूगोल ओगट्ने ललितपुर १ जोड्ने तीन सडकलाई मुअब्जा र विस्तारको लागि बजेट विनियोजन नगरी विभेद गरिएको बताएका थिए।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० भाद्र १२, १२: २४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० भाद्र १२, १२: २४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० भाद्र १२, १२: २४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...