गोरखापत्र कर्मचारी र स्ट्रिन्जरलाई स्थायीको माग गर्दै श्रमजीवि पत्रकारद्वारा धर्ना – Naya Bikalpa
September 30, 2023, Saturday

गोरखापत्र कर्मचारी र स्ट्रिन्जरलाई स्थायीको माग गर्दै श्रमजीवि पत्रकारद्वारा धर्ना

काठमाडौं। गोरखा पत्र संस्थानमा कार्यरत स्ट्रिन्जर, करार तथा अस्थायी सेवाका पत्रकार र कर्मचारीलाई स्थायी गर्न माग गर्दै श्रमजीवि पत्रकार संघ नेपालले आज संस्थानमा धर्ना दिएको छ।

संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैशीको नेतृत्वमा संस्थानमा कार्यरत अस्थायी र करार सेवाका पत्रकार तथा कर्मचारीहरुले हातमा कालो पट्टी वाँधेर विरोध जनाएका थिए।

यसअघि गत जेठ ६ गते श्रमजीवि पत्रकार संघ, गोरखा पत्र संस्थान प्रतिष्ठानका अध्यक्ष केशव प्रसाद न्यौपानेले संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई भेटेर संगठनका माग तीन दिन भित्र पुरा नगरे आन्दोलन गर्न चेतावनी दिएको थियो।

संस्थान व्यवस्थापनले आफूहरुको मागको सुनुवाई नगरेकाले चरणबद्ध आन्दोलनमा उत्रनु परेको अध्यक्ष जन्मदेव जैशीले बताए।

संघले पेश गरेको ७ बँुदे मागमा २४० दिन भन्दा बढी काम गरिसकेका करार सेवाका पत्रकार, कामदार, कर्मचारी, स्ट्रिन्जरलाई स्थायी गर्नूपर्ने र श्रमजीवि पत्रकार ऐनसँग नबाझिने गरी गोरखा पत्र संस्थान कर्मचारी नियमावली संशोधन गरिनु पर्ने माग गरेको छ।

संघले सामाजिक सुरक्षा कोष लागू गर्न, सरकारी कार्यालयमा कार्यरत कर्मचारीले पाए सरहको सुविधा संस्थानका श्रमजीविलाई उपलब्ध गराउन माग गर्दै स्तरहिन छपाई, गुणस्तरहिन मसी, कमसल कागज खरिदमा भएको अनियमितता र अपारदर्शी ठेक्का पट्टाको अन्त्य गर्दै हरेक महिनाको अन्तिम साता पारिश्रमिक भूक्तानीको व्यवस्था गर्न माग गरेको छ।

सघले न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरे बमोजिमको पारिश्रमिक बृद्धि गरियोस भन्ने माग अघि सारेको छ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र १२, १४: ०९

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र १२, १४: ०९

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र १२, १४: ०९

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...