मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको भूमिका महत्वपूर्णः संचार मन्त्री शर्मा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको भूमिका महत्वपूर्णः संचार मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक–सामाजिक रुपान्तरण तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभीमानलाई रक्षा गर्ने र मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलवार आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार एवम् सम्मान कार्यक्रममा मन्त्री शर्माले नेपाली चलचित्रले देशको सामाजिक, साँस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको बताइन्।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकारहरुलाई चलचित्र विशेष योगदान सम्मान, विशेष चलचित्र पुरस्कार, राष्ट्रिय चलचित्र पुरस्कार र दीर्घसाधना सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा मन्त्री शर्माले पूर्वको झापादेखि पश्चिम महाकालीसम्म पुग्दा धेरै संस्कृतिको जानकारी प्राप्त गर्न सकिने र यी संस्कृतिको जीवन्तता उजागर गर्दै समाज रुपान्तरण र राष्ट्रिय एकता कायम गर्नु चलचित्र क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बताइन्।

चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सचेतनामूलक सन्देशमार्फत सामाजिक रुपान्तरणका लागि योगदान गर्ने सशक्त माध्यम पनि भएको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, ‘चलचित्र आमसञ्चारको माध्यम भएकाले यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्नुपर्छ। चलचित्रले देशको बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय र भौगोलिक विविधतालाई पनि प्रतिनिधित्व गरेको हुन्छ। मुलुकका सबै भाषा, सँस्कृति तथा जातिको संरक्षण, सम्बर्धन र विकासका निम्ति चलचित्रको सशक्त भूमिका रहन्छ।’

चलचित्रमा लेखन पक्षको सशक्त प्रस्तुति र कथालाई जीवन्तता प्रदान गरी चलचित्रलाई सजीव तुल्याउन कलाकर्मीहरुको सक्षम अभिनयकला, प्राविधिक र निर्देशकको संयोजन क्षमता तथा कलात्मक प्रस्तुतिलगायतको सिर्जनशीलताको मूल्याङ्कन हुने भन्दै उनले राज्यको विभिन्न तहबाट औपचारिक रुपमा मूल्यांकन र सम्मान गर्ने गरिएको बताइन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १२, २१: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १२, २१: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १२, २१: ३३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...