
दमौली। गत साउन ३१ गते एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले दमौलीबाट सोमबार पक्राउ गरेको छ।
प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापस्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ पक्राउ गरेको हो। अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रधानाध्यापक थापा फरार थिए।
वालिकाको घरमा कोही नभएको र बालिका एक्लै भएको मौका छोपेर थापाले बलात्कार गरेको पीडितको परिवारले प्रहरीसमक्ष उजुरी दर्ता गरेका थिए। प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...