काठमाडौं। पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा संस्कृत, पत्रकारिता र हिन्दी विभागको आयोजनामा विश्व संस्कृत दिवस भव्यताका साथ एक समारोहको आयोजना गरी मनाइयो।
सो अवसरमा कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलले संस्कृति भाषाको महत्व र प्रभावकारिता पश्चिमा राष्ट्र र एसियाका राष्ट्रले बुझेर अध्ययन अध्यापन गराउन थालिसकेको भन्दै नेपालमा भने शिशु कक्षादेखि नै मन्टेश्वरीको नाममा अंग्रेजी भाषामा लाद्ने गरेको गुनासो गरे।
ज्योतिष महासंघका अध्यक्ष डा. पौडेलले चिकित्सक र प्रशासनको उच्चतम पदमा पुगेकाहरुले संस्कृत भाषाको महत्व बुझेर अहिले अध्ययन गर्न थालेको भन्दै बालबालिकाहरुलाई सस्कृत शिक्षाको खाँचो रहेको बताए।
डा. सुबोध शुक्लाले स्वागत गरेको कार्यक्रममा पद्म कन्या कलेजको संस्कृत, पत्रकारिता र हिन्दी विभागका पूर्वविभागीय प्रमुख उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले पूर्विय दर्शक, संस्कृति र संकार जान्न र नेपाली भाषामा विज्ञता हासिल गर्न संस्कृति भाषाको ज्ञान बिना सम्भव नभएको बताए।
पद्मकन्या बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा. धनप्रसाद पण्डितले विश्वभर फैलिएको अंग्रेजीदेखि लिएर अन्य धेरै भाषाहरु संस्कृतबाट जन्मिएको भन्दै प्रचार तथा महत्व बुझ्न र बुझाउन नसक्दा सस्कृत भाषाको धेरैमा पुर्याउन नसकिएको बताए। उनले संस्कृत भाषा मृत भाषा नभएको स्पस्ट पारे।
नेपाल संस्कृत विश्वविद्यालयको बौद्ध दर्शन विभाग प्रमुख डा. काशीनाथ न्यौपानेले संस्कृति भाषाले हरेक मानिसलाई शालिन र सभ्यता सिकाउन प्रेरित गर्ने भन्दै यसको महत्वलाई बुझाउन सक्नुपर्ने खाँचो रहेको बताए।
सो अवसरमा डा. सनतकुमार वस्ती, जापानबाट संस्कृत अध्ययन गर्न आएकी छात्रा युसेको मोतेकी लगायतले संस्कृत भाषा सबै भाषाको जननी भएको भन्दै यसको महत्व, अर्थ र उपयोगीताको विषयमा मन्तव्य राखेका थिए। उनीहरुले संस्कृत भाषाको महत्त्व र मूलतः संस्कृत साहित्यको बारेमा समेत चर्चा गरेका थिए।
सो अवसरमा वक्ताहरुले संस्कृत साहित्यका महाकवि कालिदासको उपमा कौशल र संस्कृत काव्यशास्त्रीय परम्पराको बारेमा व्याख्या गरेका थिए।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...