
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीमा गत साउन २८ गतेदेखि जिम्मेवारी सम्हालेकी अनिता देवी साहका श्रीमान र एक जना बिचौलियाका कारण मन्त्रालय अस्तव्यस्त बनेको छ।
मन्त्रीले आफूलाई थाहै नदिई सचिवले भदौ पहिलो साता स्थानीय तहको प्रमुख कार्यकारी अधिकृतमा एक सय जनाभन्दा बढी शाखा अधिकृत र उपसचिवको सरुवा गरेको भन्दै मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई गत साता सरुवा गरेर विनोद सिंहलाई ल्याएकी थिइन्।
मन्त्रीले कर्मचारी प्रशासन हेर्ने उपसचिवहरुले समेत असयोग गरेको भन्दै सरुवा गरेकी छन्। अव्यवस्थित र जथाभावी सरुवा गरे पनि मन्त्रालयमा ल्याउने कर्मचारी निश्चित नहुँदा अन्योलता छाएको छ।
जनमत पार्टीबाट मन्त्री बनेकी अनिता देवी साहले मन्त्रीको राजनीतिक सल्लाहकारमा पार्टीका केन्द्रीय सदस्य तथा प्रशासन विभाग प्रमुख बुद्धिराज न्यौपानेलाई नियुक्त गरेपछि उनीबिरुद्ध पार्टीका अर्का केन्द्रीय सदस्य समेत लागेका छन्।
मन्त्री साहले झापाको कमल गाउँपालिकाको नेपाली कांग्रेसका सभापतिबाट राजिनामा दिएर जनमत पार्टीमा प्रवेश गरेका न्यौपानेलाई पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको सल्लाहमा नियुक्त गरेपछि बिचौलियाको भूमिकामा रहेका अर्का केन्द्रीय सदस्य यादल र मन्त्री साहका पति सञ्जय साह यतिवेला कर्मचारी सरुवाको लागि न्यौपानेको नभएर आफ्नो सिफारिस लागू हुने भन्दै कर्मचारीसँग बार्गेनिङ गर्न थालेका छन्।
मन्त्री साहका पति सञ्जय साह र बिचौलियको भूमिकामा रहेका यादवले सरुवा भई पर्यटन मन्त्रालयमा जान लागेका कर्मचारी प्रशासन महाशाखाका प्रमुुख हेमराज तामाङ, गृहमन्त्रालयमा सरुवाको निर्णय भइसकेका उपसचिवद्वय खिलाराज राई र कमानसिंह थापामागरलाई आफूले भनेबमोजिमको कर्मचारी सरुवामा हस्ताक्षर गर्न दबाब दिएको स्रोतले बतायो ।
मन्त्री अनिता देवीले मन्त्रालय सम्हालेको १७ दिनपछि हालै स्वकिय सचिवका रुपमा उपसचिव राकेश पाण्डेलाई नियुक्ति दिएकी छन्। पाण्डेलाई स्वकिय सचिवमा नियुक्त गरे पनि कर्मचारी सरुवाको सूची लिएर मन्त्रीका श्रीमान सञ्जय र जनमतका नेता असोकका कारण मन्त्री अनितादेवी निरिह रहेको कर्मचारीहरु बताउँछन्।
श्रीमान साह र नेता यादव भने मन्त्रीको सल्लाहकारमा नियुक्त न्यौपानेलाई अध्यक्ष सीके राउतले पठाए पनि उनको केही नचल्ने भन्दै आफूहरुलाई सहयोग गरे मात्र सरुवा हुने भन्दै कर्मचारीका कोठामा, होटल बसेरामा डिल हुने गरेको स्रोतले बतायो ।
उता जनमतका अध्यक्ष डा. राउत भने अनितादेवीको मन्त्रालय चलाउने चाल देखेर आजित भएका छन्। उनले केही दिनमा मन्त्री साहलाई कार्यशैली बदल्न चेतावनी दिने र अस्तव्यस्त ढंगले मन्त्रालय चलाउन खोजे वर्खास्त गर्नेसम्मको मनस्थितिमा पुगेको बुझिएको छ।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...