
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले फेसवुकमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरूलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन र जथाभाबी वक्तव्यबाजी नगर्न पनि जिप्रका काठमाडौंले आग्रह गरेको हो।
‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको ब्यहोरा जगजाहेर छ। प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ।
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले आफूले शनिबार राति पोष्ट गरेको फेसवुक स्टाटस पनि आज हटाएका छन्। विरामी बोकेका सवारी वा एम्वुलेन्सलाई चेक जाँचको नाममा ट्राफिक प्रहरीले राति सवारी चालकलाई दिने हैरानी र दुव्र्यवहारको वारेमा भने जिल्ला प्रशासन कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन।

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...