हेटौंडा। बागमती प्रदेश सरकारले यदी भदौ २२ गते शुक्रबार प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका –५ की कृष्णकुमारी बस्नेतलाई नियुक्त गरिएको छ।
आयोगको सदस्यमा मनोनीत भएकी बस्नेत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्। बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...