कलेज वसको ठक्करबाट विराटनगरमा साईकल यात्री श्रेष्ठको निधन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कलेज वसको ठक्करबाट विराटनगरमा साईकल यात्री श्रेष्ठको निधन

विराटनगर। विराटनगरको रानी–विराटनगर सडकखण्डमा कलेज बसले ठक्कर दिँदा घाईते भएका साइकलयात्री गणेश श्रेष्ठको मृत्यु भएको छ।

प्रहरीकाअनुसार नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको धरानतर्फ गइरहेको बसले बाटो काटिरहेका साइकल यात्री श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठ घाईते भएका थिए।

बसले विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रदेशका मुख्यमन्त्रीको निवासअगाडि उनलाई ठक्कर दिएको थियो। सोमबार विहान कलेज बसको ठक्कसरबाट घाईते भएका श्रेष्ठको साँझ उपचारको क्रममा निधन भएको थियो।

दुर्घटनामा परेका श्रेष्ठ मोरङको रंगेली नगरपालिका१ का स्थायी वासिन्दा हुन्।

प्रहरीकाअनुसार विद्यार्थी बोकेर रानीबाट विराटनगरतर्फ आउँदै गरेको बसले बिहान ११ः३० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ः३० बजेतिर मृत्यु भएको हो।

बस र बसका चालक विराटनगर–३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १९, १६: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र १९, १६: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र १९, १६: ५७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...