
भरतपुर। लगातारको वर्षातका कारण चितवनको भरतपुरस्थित मुख्य बचारमा रहेको पूर्व–पश्चिम राजमार्गको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक निर्माणको काम अबरुद्ध भएको छ।
नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार पानीका कारण काम प्रभावित भएको जनाए।
प्रमुख पौडेलले भने, “चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ। अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेकको हो।
यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ। तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए।
सो सडकका लागि यस आर्थिक वर्षमा पाँच करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ। थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भए पनि कात्तिक महिनामा बजेट माग गरिने भएको छ।
हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम भएको छ। विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो। कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ।
नयाँ सम्झौताअनुसार आगामी मङ्सिरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ। जम्मा एक अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम भइरहेको थियो। सडक निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले वर्षात् र खानेपानीका पाइपका कारण कामलाई तीव्रता दिन नसकिएको बताए।
कम्पनीसँग आवश्यक उपकरण, जनशक्ति र कच्चा पदार्थ रहेकाले पानी पर्न रोकिएसँगै कामले तीव्रता पाउने उनले बताए। भरतपुर र नारायणगढको मुख्य सहरी क्षेत्र हुँदै जाने सडक निर्माण प्रभावित भएपछि यहाँको व्यवसाय पनि प्रभावित बनेको छ। व्यवसायीहरूले यथाशीघ्र काम अघि बढाउन दबाब दिँदै आएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...