काठमाडौं। सम्झौता बमोजिम जिम्मेवारी पाएको काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै ति निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
काठमाडौंको स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेश कन्स्ट्रक्सन, कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन कालोसूचीमा परेका छन्।
चुलिडाँडा डेढ वर्ष, इपिक कम्प्युटर्स र मकर गणेश कन्स्ट्रक्सन एक वर्ष कालोसूचीमा परेका छन् भने गणपति कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ।
हेर्नुस् सूची –
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...