राजदूत सोङको प्रश्न–नेपालले इण्डियालाई किन विद्युत बेच्छ? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
वाहिरियो सभामुखकै सामु चिनियाँ राजदूतको विवादस्पद अभिव्यक्ति

राजदूत सोङको प्रश्न–नेपालले इण्डियालाई किन विद्युत बेच्छ?

काठमाडौं। नेपालका लागि चीनका राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरित नेपालको अन्य देशसँगको व्यापार र त्यसको आम्दानीको विषयलाई लिएर आपत्तिजनक अभिब्यक्ति दिएका छन्।

‘चीनको विश्वब्यापी अर्थतन्त्र र यसको नेपालमा प्रभाव’ विषयमा शनिबार राजधानीको एक होटलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमरेकै सामुन्ने यस्तो अभिव्यक्ति दिएका हुन्।

राजदूत सोङले नेपालले भारतलाई बेचेको विद्युत र त्यसको आम्दानीलाई लिएर प्रश्न गरेका छन्। उनले विद्युतमा समेत नेपाल आत्मनिर्भर हुन नसकेको बताए।

उनले भारतलाई नेपालले विजुली बिक्री गरेपनि व्यापार घाटा बढी रहेको भन्दै नेपालले भारतसँग व्यापार घाटा खाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले गत वर्ष नेपालले भारतबाट १९ अर्ब आयात गरेको र १० अर्बको मात्र विद्युत निर्यात गरेको बताए।

फाउण्डेसन फर ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज फ्रेन्डस अफ सिल्क रोड क्लव –नेपालले शनिवबार आयोजना गरेको कार्यक्रम नेपालले हालसम्म भारतलाई विक्री गरेको विजुली र त्यसबापत प्राप्त भएको आम्दानीको फेहरिस्त प्रस्तुत गरेका थिए।

उनले नेपालले भारतभन्दा चीनको अर्थतन्त्रबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने भन्दै नुनमा भारतको निर्भरता तोडन नेपालले नयाँ नीति बनाउन आवश्यक रहेको बताए।

उनले भने, नेपालसँगको नुन व्यापारमा भारतको एकाधिकारको तोड्नु पर्छ। त्यो यथार्थ हो। नेपालले आफ्नै आर्थिक नीति बनाउँदा त्यसलाई ध्यानमा राख्नुपर्छ।’

‘दुर्भाग्य, तपाईंसँग भारत जस्तो छिमेकी छ, तर सौभाग्यवश तपाईंसँग  भारत जस्तो छिमेकी छ, किनभने भारत एक विशाल बजार हो, तपाईं ट्याप गर्न सक्नुहुन्छ ठूलो सम्भावना छ। तर, नेपाल र अन्य छिमेकीहरूप्रति भारतको नीति त्यति मैत्रीपूर्ण र नेपालका लागि त्यति हितकर पनि छैन’, राजदूत सोङले भने।

सभामुख देवराज घिमिरेले बोलेपछि मञ्चमा आएका राजदूत सोङले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले समेत ध्यानाकर्षण भएको जनाएको छ।

सो प्रकरणमा परराष्ट्र मन्त्री एनपी साउदलाई छलफलका लागि समितिले बिहीवार बोलाएको छ।

समितिका सभापति राजकिशोर यादवले नयाँ विकल्पसँग भने नेपालमा रहेको विदेशी कुटनीतिज्ञहरुको आचारसंहिताका विषयमा छलफल हुने बताए।

समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका र चीन भ्रमणका एजेण्डाको विषयमा छलफल हुनेछ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र २०, १७: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र २०, १७: ४६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० भाद्र २०, १७: ४६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...