
काठमाडौं । नेपला प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसले आगामी भदौ २४ देखि २६ गतेसम्म प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मदिनको अवसरमा आयोजता हुने ‘बिपी साहित्यिक महोत्सव’ तयारी समितिमा आफू नबस्ने घोषणा गरेका छन्।
महोत्सव सम्पन्न गर्न कांग्रेसले गठन गरेको महोत्सव तयारी समिति दोश्रो पटक विस्तार गर्दा आफूसँग कुनै सल्लाह नगरी आफ्नो नाम राखेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अध्यक्ष लम्सालले आफ्नो नाम तयारी समितिमा राखेकोमा असहमति प्रकट गरेका हुन्।
अध्यक्ष लम्सालले आफू सो समितिमा संलग्न समेत नरहेको जानकारी दिएको बताएका छन्। महोत्सव सफलताका लागि शुभकामना व्यक्त गरे। उनले नेपाली साहित्यको प्रवद्र्धन गर्न कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको जन्मजयन्तीको अवसरमा गरिने महोत्सव–२०८०, मनाउने कार्यक्रम स्वागतयोग्य भएको बताएका छन्।
यस्तो छ लम्सालको विज्ञप्ति –

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...