
काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणप्रति सांसदहरुले आपत्ति जनाउँदै दोषीमाथि गहिरो अनुसन्धान गरेर कारबाही गर्न माग गरेका छन्।
शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले शान्ति सुरक्षाको अवस्था कमजोर भएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका हुन्।
कांग्रेस महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई वाहिर जथाभावी बोल्नु भन्दा काम गरेर देखाउन सचेत गराए।
उनले भने ‘सरकारलाई सचेत समेत गराउन चाहन्छु, गहिरोसँग अनुसन्धान होस्, गृहमन्त्री र प्रधानमन्त्रीले वाहिर बोलिरहेको देखिरहेको छु तर बोल्दा गरिमा हुनु पर्छ। बोलेर हुन्न काम गरेर देखाउनु पर्छ। यादवलाई आक्रमण भएको घटनामा उनले बोलेको विषयलाई जोडेर के हिंसात्मक गतिविधि गर्न पाइन्छ। असन्तुष्टिलाई लिएर अराजकता निम्त्याउन पाइन्छ?’
उनले यादव आक्रमणको घटनाको सरकारले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी समेत दिए। थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथिको आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो भन्दै प्रश्न गरे।
यादव भाग्यले बाँचेको भन्दै उनले भने, ‘सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। थामथुम पार्ने प्रयास हुँदैछ। यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ।’
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्ताैलाले यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए। उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे।
नेकपा माओबादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अहिलेको राजनीतिक परिवर्तलाई कमजोर बनाउन खोज्नेहरुले नेता यादवमाथि आक्रमण गराएको हुन सक्ने भन्दै छानबिनको माग गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिउँसै दलका नेतामाथि आक्रमण गर्ने अपराधिक कर्मलाई कुनै पनि वहानामा छुट दिन नहुने बताए।
नेकपा एकीकृत समाजबादीका सांसद मेटमणी चौधरी, कांग्रेसका सांसद रामहरि खतिवडा, जनता समाजबादीकी सांसद रञ्जुकुमारी झा, लोकतान्त्रिक समाजबादीका नेता सर्वेन्द्रनाथ शुक्ला, सांसदहरु डा. अमरेसकुमार सिंह, प्रभु साह, जुली महतो लगायतले संविधानसभा सदस्य यादवमाथिको आक्रमणको छानबिन गरी कारबाहीको लागि माग गरे।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...