पूर्वराष्ट्रपति ओबामासँग दुई पटक शारिरीक सम्वन्ध राखेको एक पुरुषको दाबी – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

पूर्वराष्ट्रपति ओबामासँग दुई पटक शारिरीक सम्वन्ध राखेको एक पुरुषको दाबी

वासिंग्टन डिसी। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको बारेमा एक व्यक्तिले चकित र पत्याउन नसकिने विषयमा दाबी पेश गरेका छन्।

एक पुरुषले ओबामासँग आफ्नो यौन सम्बन्ध रहेको भन्दै ओबामासँग लागुऔषध सेवन गरेकोसमेत दाबी गरेका छन्। वास्तवमा यो सनसनीपूर्ण खुलासा एक व्यक्तिले फक्स न्यूजका पूर्वएन्कर टकर कार्लसनसँगको अन्तर्वार्तामा गरेका हुन्।

डेली मेलमा प्रकाशित समाचार अनुसार ओबामाको बारेमा यस्तो दाबी गर्ने व्यक्तिको नाम ल्यारी सिन्क्लेयर हो। जसले ओबामा सेक्स गर्नु अघि चुरोट पिउने गरेको, लागुऔषधको लतमा फसेकासमेत दाबी गरे।

ती व्यक्तिले सन् २००८ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पनि यस्तो दाबी गरेका थिए यद्यपि ओबामा राष्ट्रपति चुनाव जित्ने बाटोमा रहेका बेला अमेरिकी मिडियाले यी दाबीहरूलाई ठूलो मात्रामा स्थान दिउनन्।

कार्लसनले उक्त अन्तर्वार्ताको छोटो क्लिप सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। साथै उनले पूरै भिडियो बुधबार साँझ सार्वजनिक गर्ने बताए। ट्विटरमा एक मिनेटको क्लिप पोस्ट गरेको एक घण्टा भित्र, यो लगभग ४ मिलियन पटक हेरिएको छ। सिन्क्लेयरले नोभेम्बर १९९९ मा शिकागोको बार बाहिर ओबामालाई भेटेकोसमेत बताएका छन्।

सिन्क्लेयरले ओबामासँग दुईपटक यौन सम्पर्क भएको र उनीहरूले सँगै कोकिन खाएको दाबी गरेका छन्।

उनले बाराक ओबामालाई कोकिन किन्न २५० डलर दिएको पनि दाबी गरेका छन्। टकर कार्लसनले सिन्क्लेयरलाई उद्धृत गर्दै बराक ओबामाले पुरुषसँग यौनसम्पर्क राखेको र क्लास ए ड्रग्स प्रयोग गरेको दाबी गरे।

२००८ मा सिन्क्लेयरले नेसनल प्रेस क्लबमा वाहिर ल्याएका थिए र पछि २००९ मा एउटा पुस्तकसमेत प्रकाशित गरेका छन्, जसमा उनले ओबामाको चर्च गायक निर्देशकसँग समलिङ्गी सम्बन्ध रहेको दाबी पनि गरेका छन। डिसेम्बर २००७ मा उनको हत्या गरिएको थियो।

२००८ को चुनावमा वाशिंगटन प्रेस कोर्प्सले आफ्नो भनाईलाइ किन तथ्य जाँच गरेन भनेर सोध्दा सिन्क्लेयरले जवाफ दिए, ‘यदि मिडियाले वास्तवमा मानिसहरूलाई सत्य बताउनको लागि ख्याल राख्यो भने यो कथा हुनेछ।’

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८० भाद्र २१, १६: २५

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८० भाद्र २१, १६: २५

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८० भाद्र २१, १६: २५

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...