
काठमाडौं। परराष्ट्रमन्त्री एनपी (नारायण प्रकाश) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका एजेण्डा तय भई नसकेको बताएका छन्।
अन्तराष्ट्रिय सम्बन्ध समितिको विहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा फाइनल हुन बाँकी रहेको बताएका हुन् ।
भ्रमणको ठूलो सूची बनाउने भन्दा कार्यान्वयन हुन सक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयमार्फत विभिन्न मन्त्रालयका प्रस्ताव आउने क्रम जारी छ। अहिले कुनै एजेन्डा फाइनल स्टेजमा पुगिसकेका छैनन्।’
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन जाने कार्यतालिका छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...