यादवलाई आक्रमण गर्ने व्यक्ति राप्रपासँग समवन्धित छैनन्ः सांसद राणा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

यादवलाई आक्रमण गर्ने व्यक्ति राप्रपासँग समवन्धित छैनन्ः सांसद राणा

काठमाडौं। राप्रपाका महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिको राप्रपासँग कुनै सम्बन्ध नभएको बताएका छन्।

प्रतिनिधिसभा विहीबारको बैठकमा विशेष समय लिएर बोल्दै शांसाद राणाले बुधबार यादवमाथि भएको आक्रमणमा संलग्न व्यक्तिको राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका हुन्।
यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए। महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्न ुभएको थियो। त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं।’

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र २१, १६: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र २१, १६: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० भाद्र २१, १६: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...