बिपीले कल्पना गरेजस्तै आर्थिक क्रान्तिको बेला आयोः अर्थमन्त्री डा. महत – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

बिपीले कल्पना गरेजस्तै आर्थिक क्रान्तिको बेला आयोः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले बिपी कोइरालाले कल्पान गरेजस्तै आर्थिक क्रान्तिको शुुरुवात गर्ने वेला आएको बताएका छन्।

बिपी चिन्तन प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको “नेपालमा आर्थिक क्रान्तिका आधारहरू“ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. महतले नकारात्मक भावना र निरासा छोडेर अगाडि बढ्न आफु लागी परेको र बिश्वब्यापी आर्थिक मन्दी भए पनि नेपालमा आर्थिक सूचकांक निरासा जनक नभएको बताए।

अर्थमन्त्री महतले डलर संचिति वृद्धि भएको, कोभिडले बिग्रिएको भए पनि अहिले अर्थतन्त्रले गति लिएको हुँदा निरास नहुन आग्रह गर्दै पर्यटन, उर्जा, कृषि र आईटीलाई सरकारले आधार बनाएर अगाडि बढ्ने बताए।

बिपीको ११० औं जन्मजयन्तीक‍ो अवसरमा आयोजित कार्यक्रममा पूर्वउद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द प्रसाद वडुले बिपी कोइरालाले परिकल्पना गरेको आर्थिक आधारका बारेमा धारणा राखेका थिए। गोष्ठीमा अर्थविद डा. जगदिशचन्द्र पोखरेल, सहकारीबिद् डा. ज्ञानेन्द्र प्रसाद पौडेल , संविधानसभा सदस्य शोभाखर पराजुलीले धारणा राखेका थिए।

अर्थविद् डा. रघुराज काफ्लेद्वारा कार्यपत्र प्रस्तुत भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुस्पराज पराजुली , धन्यवाद ज्ञापन मन्तव्य गोविन्द प्रसाद शर्माले गरेका थिए। प्रतिष्ठान अध्यक्ष हरिवोल भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० भाद्र २५, २३: ०८

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० भाद्र २५, २३: ०८

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० भाद्र २५, २३: ०८

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...