‘घुमुवा’ नराख्ने र राख्न नदिने निर्णय कार्यान्वयन गर्लान एसएसपी थापाले? – Naya Bikalpa
September 30, 2023, Saturday

‘घुमुवा’ नराख्ने र राख्न नदिने निर्णय कार्यान्वयन गर्लान एसएसपी थापाले?

पोखरा। जिल्ला प्रहरी कार्यालय काश्कीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मोहन कुमार थापाले जिल्लामा घुमुवा प्रहरी नराख्ने निर्णय गरेका छन्।

उनले आफूले त्यस्ता घुमुवा प्रहरी नराख्ने र मातहतका वडा प्रहरी, ईलाका प्रहरी वा अन्य प्रहरी कार्यालयहरुलाई पनि घुमुवा प्रहरी नराख्न लिखित निर्देशन दिएका छन्। एसएसपी थापाको यस्तो चुनौतिपूर्ण निर्णय कार्यान्वयन गर्न सहज छैन।

थापाको यस्तो निर्णयबाट तालुकदार अड्डा अर्थात गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी)ले कस्तो प्रतिक्रिया देलान त्यो भने हेर्न वाँकी छ। गण्डकी प्रदेश प्रमुखमा डिआइजी बुद्धिराज गुरुङ छन्।

काश्की जस्तो पर्यटकिय र व्यापारिक जिल्लामा घुमुवा पठाएर ‘अघोषित’ रुपमा हप्ते उठाउने मातहतका डिएसपी, इन्सपेक्टर वा बरिष्ठ नायव निरिक्षक र नायव निरिक्षकहरुको मन कति कुडिएको होला भन्ने आंकलन गर्न कठिन छैन।

एसएसपी थापाको निर्णय संगठन मैत्री र जनमैत्री देखिए पनि वर्षौंदेखि घुमुवामार्फत उठ्ती गर्ने संस्कार भएका प्रहरी अधिकृतहरु भने थापाको निर्णयबाट पक्कै पनि झस्किने छन्।

सरुवा भएर आएको एक सातामै एसएसपी थापाले आठ बुँदै लिखित निर्देशन मातहतका प्रहरी कार्यालयलाई जारी गर्दै ‘प्रहरी कर्मचारी (सादा पोशाक) परिचालन कार्य निर्देशन—२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वतः खारेज भएको स्पस्ट पारेका छन्।

उनले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउन भन्दै मातहतका निकायलाई पनि सोही बमोजिमको निर्देशन दिएका हुन्।

कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्नका लागि मात्र सादा पोशाकमा खटाउने पनि काश्की प्रहरीले जनाएको छ।

एसएसपी थापाले प्रहरी कर्मचारी (सादा पोशाक) परिचालन कार्य निर्देशन २०७९’ लागू भएअनुसार शान्ति सुरक्षा, राजनीतिक गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रण, आतंकबाद, आर्थिक अपराध, गैरभन्सार तथा चोरी निकासी नियन्त्रण गर्ने सम्वन्धमा सूचना संकलन गर्ने विषय दफा ६मा प्रष्ट पारिएको भनेका छन्।

थापाको निर्देशनमा सोही निर्देशिकाको दफा ४ बमोजिम प्रहरी कर्मचारीको काम कर्तव्य र अधिकार निर्धारण गरिएको जनाउँदै घुमुवाको अवधारणा स्वतः खारेज भएकाले सूचना संकलन गर्न मात्र सादा पोशाकमा प्रहरी खटाउनु पर्ने, खटिएकाले गएको इलाका, भेटघाट गरिएका व्यक्ति र र बुझिएका विषय गोप्य रुपमा अभिलेख राख्नु पर्ने जनाइएको छ।

उनले प्रहरी कर्मचारीलाई विषय विज्ञता र अनुभवको आधारमा खटाउने, विषयगत क्षेत्रमा मात्र खटाउने जनाउँदै मापदण्ड विपरित घुमुवा खटाउने कार्यालय प्रमुख र खटिएका प्रहरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

‘कार्यालय प्रमुखले आफ्नो वडा वा इलाकामा प्रहरी कर्मचारीको गतिविधि र क्रियाकलापको जानकारी राख्नु पर्ने, सूचना संकलन गर्न खटिने कर्मचारीले आफूले सम्पादन गर्न लागेको कामको वारेमा कार्यालय प्रमुखलाई अनिवार्य जानकारी दिनु पर्नेछ’ निर्देशनमा भनिएको छ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र २९, १७: ०७

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र २९, १७: ०७

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र २९, १७: ०७

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...