
महेन्द्रनगर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको शुक्रबार विहान मृत्यु भएको छ।
निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, “बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ। गैँडाको आक्रमणमा परेर उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ।” ऐरका अनुसार निकुञ्जको टोली घटनास्थलमा पुगेर अध्ययन गरिसकेको छ।
मृतक बुढासँगै अन्य दुई महिला पनि शुक्रबार बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। तर दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन्।
बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो। सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो। दुई गैँडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...