काठमाडौं । न्याय परिषद्को शुक्रबारको बैठकले उच्च अदालतको रिक्त २७ न्यायाधीश पदका लागि ६ जना कानून व्यवसायीसहित २७ जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
सिफारिसमा पर्नेहरुमा न्याय, कानुन र सरकारी सेवाका कर्मचारीदेखि कानुन व्यवसायीहरु समेत समेटिएको छ।
सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको हो। उच्च अदालतको न्यायाधीश परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।
उच्च अदालतको न्यायाधिशको लागि एक नम्वरमा वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव श्यामकुमार भट्टराई, दोश्रोमा स्याङ्जा जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेती, तेश्रोमा तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगाना, चौथोमा वाँके जिल्ला अदालतका न्यायाधीश धनसिं महरा, धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकरेल रहेका छन्।
कर्मचारीबाट भने सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानून, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव सुशिल कोइराला उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन्।
कानून व्यवसायीको तर्फबाट भने महोत्तरी, डोटी, झापा, तनहुँबाट एक–एक जना र ललितपुरबाट दुई जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
हेर्नुस् सूची
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...