सम्भोता लिपिसम्वन्धी दुई दिने चित्रकला प्रदर्शनी सम्पन्न – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सम्भोता लिपिसम्वन्धी दुई दिने चित्रकला प्रदर्शनी सम्पन्न

सम्भोता-भोटी लिपि सम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला शनिबार सम्पन्न भएको छ।

सो प्रदर्शनी तथा कार्यशालाको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेन्पो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिक्डोलले संयुक्त रुपमा गरेका थिए।

भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रुपमा नेपाल कला परिषद्, बबरमहलमा आयोजना गरिएको सो कार्यक्रममा भारतको सिक्किमबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका थिए।

सो अवसरमा दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरि सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए।

राज्यमन्त्री देवीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको जनाउँदै नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको बताइन्।

जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको जनाउँदै नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो। इच्छुक सबैका लागि सो प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बर अर्थात शुक्रबार र शनिबार खुला गरिएको थियो।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० भाद्र ३०, २०: २७

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० भाद्र ३०, २०: २७

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० भाद्र ३०, २०: २७

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...