काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखि नै आत्मसाथ गरेको एउयटा असल नेता गुमाएको बताएका छन्।
गत भदौ २६ गते नेम्वाङको असामयिक निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको बताउँदै राष्ट्रपति पौडेलले आइतबार
एक समवेदना सन्देश नेम्वाङका परिवारजनलाई पठाएर नेपालको राजनीति र कानुनी क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुने नेम्वाङ खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम् तयार हुने नेता भएको जनाएका हुन्।
“जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै विर्सने छैनन्’, समवेदना सन्देशमा भनिएको छ, ‘नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डो¥याउन सक्ने एउटा असल नेताको छविको रुपमा पाएको थिएँ।’
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका संघर्षहरू, संविधान निर्माण र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उनीसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने बताए।
उनले नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा एमाले पार्टी र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गरेका छन्।
राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उनका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, परराष्ट्र विज्ञ सुनिलकुमार थापा र प्रेस सल्लाहकार किरण पोखरेल नेम्वाङको घर गएर सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...