यस्ता छन् मन्त्रीपरिषद्को शुक्रबारका निर्णहरु – Naya Bikalpa
September 30, 2023, Saturday

यस्ता छन् मन्त्रीपरिषद्को शुक्रबारका निर्णहरु

काठमाडौं। सरकारले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गरेका निर्णयहरु सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सो जानकारी दिएकी हुन्।

बैठकले राष्ट्रिय सिँचाइ नीति २०८० स्वीकृत गर्ने र तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको उनले बताइन्।

त्यस्तै, नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० भाद्र ३१, १८: ०२

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० भाद्र ३१, १८: ०२

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० भाद्र ३१, १८: ०२

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...