झापा। नेपाल टेलिकम सुरुङ्गा शाखाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका छन्।
कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट असोज ३० गते शनिबार साँझ करिव ९ बजे तिर वाहिर गएका छैटौं तहका अधिकृत ३१ वर्षीय सुवेदी सम्पर्कविहीन भएपछि उनको खोजतलास गरिदिन परिवारका सदस्यले आव्हान गरेका छन्।
सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले श्रीमान दिलीपको खोजीकार्य गरिदिन अनुरोध गरेकी हुन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले उनको खोजी गरिरहेको छ।
सुवेदीकी श्रीमती ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको बताएकी छन्।
शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन्। शुरुमा मोबाईलमा चार्ज सकिएर स्विचअफ भएको होला भन्ठानेको र ५ बजे फोन गर्दा समेत मोबाईल स्विच अफ भएको पाएपछि आफूले टेलिकमको अफिसमा सम्पर्क गर्दा समेत सम्पर्क नभएको ब्रजनाले बताइन् ।
मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौक स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए। टेलिकमको कार्यालयबाट उनको क्वाटर पाँच सय मिटर मात्र नजिक थियो।
बेपत्ता भएका सुवेदीको कोठामा प्रहरीले कोठाको चावी लगाएको, पानीको गिलास ओछ्यानमा रहेको, स्कुटसको चावी र पर्स समेत कोठामै छाडेर मोबाइल मात्र बोकेर गएको देखिएको प्रहरीले जनाएको छ। बेपत्ता भएका सुवेदीले गत फागुन महिनामा मात्र ब्रजुना भट्टराईसँग विवाह भएको थियो।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...