आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर – Naya Bikalpa
September 30, 2023, Saturday

आजदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं। वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी नयाँ नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।

सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ। कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनाका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेकोमा व्यक्तिगत मुद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटाएका छन्।

७ वटा वाणिज्य बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा भने बढेको छ। ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ। हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ। यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ।

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन्। दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेका हुन्।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन १, १४: ३६

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन १, १४: ३६

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन १, १४: ३६

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...