कर्मचारीलाई दैनिक दुई सय खाजाभत्ता दिने कोशी प्रदेशको निर्णय – Naya Bikalpa
February 21, 2024, Wednesday

कर्मचारीलाई दैनिक दुई सय खाजाभत्ता दिने कोशी प्रदेशको निर्णय

विराटनगर। कोशी प्रदेश सरकारले सरकारी कर्मचारीको दैनिक खाजा भत्ता दैनिक दुई सय रुपैयाँ पुर्याउने भएको छ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएका दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको हो।

दैनिक एक सयको दरले दिँदै आएको खाजाभत्ता एक सय रुपैयाँ थप गर्दै विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएका दिन दुई सयको दरले दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सो बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०–०८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाकार महेन्द्र विष्टले जानकारी दिए।

उनका अनुसार संघीय सरकारको वन मन्त्रालयअन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टर (खरिदार सरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकार गराउने समेत निर्णय भएको छ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० आश्विन १, १६: ३७

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० आश्विन १, १६: ३७

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०८० आश्विन १, १६: ३७

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...