काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका १७ जना शाखा अधिकृतको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीको दबाबमा मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले संखुवासभाको चिचिला गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभामा, ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जनार्दन निरौलालाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरेका छन्।
मन्त्रालयले सिरहाको कल्याणपुर नगरपालिकामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहामा, धनुषाको जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टलाई कैलालीको टिकापुर नगरपालिकामा सरुवा गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशमा कार्यरत बेदहरि अधिकारीलाई मुस्ताङको घरपझोङ गाउँपालिकामा र सोलुखुम्वुको महाकुलुङ गाउँपालिकाका अधिकृत पदम बहादुर बस्नेतलाई सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सरुवा गरिएको छ।
मन्त्रालयका अनुसार सिन्धुलीकै फिक्कल गाउँपालिका राजेन्द्र कार्कीलाई मकवानपुरगढी गाउँपालिका मकवानपुरमा र गृह मन्त्रालय अन्तर्गत कार्यरत भरत सापकोटालाई जिल्ला समन्वय समिति काभ्रेपलान्चोक सरुवा गरिएको छ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्यरत पदमराज जोशीलाई जिल्ला समन्वय समिति कञ्चनपुरमा, उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईको गृहमन्त्रालयमा सरुवा भएको छ। उदयपुरगढी गाउँपालिकामा भने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका चित्र प्रसाद गुरागाईंलाई सरुवा गरिएको छ।
छत्रदेव गाउँपालिका अर्घखाँचीमा कार्यरत भेषराज पन्तको मायादेवी गाउँपालिका रुपन्देही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत भेषराज घिमिरेको छत्रदेव गाउँपालिका अर्घाखाचीमा सरुवा गरिएको छ।
नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा कार्यरत लबुन राईको जिल्ला समन्वय समिति खोलुखुम्बु, मनहरी गाउँपालिका मकवानपुरका मोहन कुमार श्रेष्ठको सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रमेश सुवेदीको मनहरी गाउँपालिका मकवानपुरमा सरुवा गरिएको छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...