काठमाडौं। शुक्रबार राति काठमाडौंको तीनकुने गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा सञ्जय भण्डारी नाम गरेका युवाको संलग्नता रहेको खुलेको छ।
प्रहरीले सार्वजनिक भण्डारीलाई आज आइतबार सार्वजनिक गरेसँगै भण्डारीले आफूलाई मृतक नविनले केही दिन अघि मोटरसाईकल चलाउँदा ठक्कर दिएर घाईते बनाएको र उल्टै कुटपीट गरेको भन्दै रिसिइवी साँधेर हत्या गरेको बताएका छन्।
पक्राउ पर्ने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी आफ्ना दिदी भिनाजुसँग काठमाडौंको काँडाघारी बीरेन्द्र चौकमा बस्दै आएका थिए।
जन्जात बोल्न नसक्ने भण्डारीले हत्यापछि खुकुरीसहित भागेका थिए। उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा खोजी गर्दै तालिमप्राप्त कुकुरको सहायताले पक्राउ गरेको हो।
बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेका भण्डारीले पक्राउपछि उनले कापीमा ‘आइ किल्ड फर पिपल’ लेखेका थिए।
वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका २० वर्षीय नवीन राईसँग अभियुक्त भण्डारीको रिसिबीका कारण हत्या भएको देखिएको छ।
शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवाद र कुटपिटपछि उनले झोलामा राखेको खुकुरी निकालेर नवीनको हत्या गरेको बयान दिएका छन्।
त्यसपछि बाहिर निस्किँदै गर्दा उनले काठ मिलका सुरक्षा गार्ड, उनकी पत्नी र आमाको (तल्लो तलामा बस्ने) हत्या गरेको स्वीकार गरेका छन्। काठ मिलमा सुरक्षा गार्डको काम गर्ने कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि भण्डारीले नै हत्या गरेको स्वीकारेका छन्।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...