दाईजो नपाएपछि सुनसरीमा श्रीमतीको हत्या गरे नागेन्द्र भगतले – Naya Bikalpa
September 30, 2023, Saturday

दाईजो नपाएपछि सुनसरीमा श्रीमतीको हत्या गरे नागेन्द्र भगतले

इनरुवा। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीको उनका श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले थप दाईजो नल्याएको भन्दै हत्या गरेको आफन्तले दाबी गरेका छन्।

निकिताका भाई राकेश चौधरीले दाइजो नपुगेको भन्दै भिनाजु नागेन्द्र भगतले घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा विवाद भएपछि गए राति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेका हुन्।

निकिता र नागेन्द्रको २१ महिनाअघि मात्र विवाह भएको थियो। भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेका थिए।

निकिताको मृत्युपछि माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन्।

सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए।

उनले शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको बताए। निकिताकी आफन्त सर्मिला चौधरीले निकिताको शरीरभरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको बताइन्।

भगतले रातीको समयमा घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ।

विवाहको समयमा भगतलाई निकिताका माइतीले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ।

निकिताका ११ महिनाका छोरा छन्। उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ। भगतले थप दाइजो माग गरी निकितालाई यातना दिएर हत्या गरेकाले हदैसम्मको कारबाही गर्न भाइ राकेशले माग गरे।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन १, १७: ५४

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन १, १७: ५४

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन १, १७: ५४

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...