बिपी साहित्य महोत्सवका स्थगित वाँकी कार्यक्रम बुधबार हुने – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बिपी साहित्य महोत्सवका स्थगित वाँकी कार्यक्रम बुधबार हुने

काठमाडौं। संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङको असमायिक निधन भएका कारण गत भदौ २६ गते मंगलबार स्थगित भएको बिपी साहित्य महोत्सवको तेश्रो दिनको स्थगित कार्यक्रम बुधबार हुने भएको छ।

नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन बिश्वकर्माका अनुसार भदौ २४ र २५ गते दुई दिन सम्पन्न भएपछि नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको तेस्रो र अन्तिम दिनको कार्यक्रम संविधान दिवसकै दिन हुने भएको छ।
हरेक वर्ष असोज ३ गते नेपालको संविधान दिवस मनाईने गरिन्छ।

यस पटकको ९औं संविधान दिवसको अवसरमा नेपाली कांग्रेसले पार्टीको मुख्यालय बीपी नगरमा बिहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म महोत्सव संचालन हुने भएको छ।

सो दिनको कार्यक्रममा ६ वटा विशयमा केन्द्रीत भएर विषयगत विज्ञहरुबाट अन्तरक्रियात्मक प्रस्तुति रहने विभाग प्रमुख विश्वकर्माले बताए।

महोत्सवको अन्तिम दिन बिपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा प्रा.डा. केदारभक्त माथेमाले की नोट स्पिच दिने भएका छन्।

त्यस्तै, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो विषयमा विज्ञहरुबीच अन्तरक्रिया हुने भएको छ।

भाद्र २४ र २५ को कार्यक्रममा झै असोज ३ गते हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी हुन राजनीतिक दलका साथीहरु, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् राजनीतिका अतिरिक्त सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले हार्दिक अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८० आश्विन १, १९: ०१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८० आश्विन १, १९: ०१

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८० आश्विन १, १९: ०१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...