भैरहवा। गृहमन्त्री र अर्थमन्त्रीको आइतबारको बैठकले राजश्व चुहावट नियन्त्रण गर्ने र राजश्वमा बृद्धि गर्ने निर्णय गरिरहेको बेला तस्करहरुले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेका छन्।
अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारले ती उपायलाई पनि विफल बनाउन सकेका छैनन्।
वर्षौंदेखि सामान्य रुपमा गर्दै आएको तस्करहरुले अहिले सिमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाब आउने गरेको छ।
भन्सारमा एक बस्तुको प्रज्ञापन भरी अर्को बस्तुको भन्सार जाँच पास गराउन खोज्नु, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नु जस्ता घटनाहरु बाहिरिए पनि तस्करहरुले अनेक उपाय अपनाइरहेका छन।
शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको टिमले चामलको बोरामा चिनी बरामद गरेको छ।
केही समय पहिला मलको बोरामा चिनी ओसारप्रसार भएको घटना बाहिरिए पनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रुपमा चिनी भित्रिएको पाइएको हो।
चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ। सावा मन्सुली, स्टीम राइस लगायतका ३ दर्जन बढि बोरामा चिनी प्याकिङ गरी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक दिपक थापासहितको टिमले नियन्त्रणमा लिएको छ।
नेपाली चामल उत्पादकको बोराहरुमा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रुपमा भित्रिएको २२ क्वीन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए।
२५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचना हामीलाई आएको थियो, सोही सूचनाको आधारमा गएको टोलीले शनिबार दिउँसो करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
केही महिनाअघि यसै प्रकृतिको घटना मर्चवार लगायतको क्षेत्रबाट मलको बोरामा चिनी फेला परेको थियो। दैनिक उपभोग्य बस्तु धान, चामल अन्न र मलहरु ल्याउँदा सीमामा खटिएको टोलीले मानवीयताको नाताले केही खुकुलो बनाएको छ। सोही मौकामा तस्करहरुले फाइदा उठाउँदै अन्न र मलको बोरामा चिनी भरेर ल्याउने गरेको पाइएको छ।
एक बस्तुको बोराभित्र फरक बस्तु राखेर प्याकिङ गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त बोरामा लेबलिङ गर्नुपर्छ, तर बरामद चामलको बोरामा कुनै प्रकारको लेबलिङ भने फेला परेको छैन। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार पसल सञ्चालकलाई जरिवाना गर्ने व्यवस्थासमेत रहेको छ।
विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको सुरक्षाकर्मीकै मिलेमतो छ भन्ने देखिन्छ।
सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ।
सुरक्षा घेरा हुँदाहुँदै पनि तस्करका सामान निर्वाध भित्रि रहनु सुरक्षा निकायमाथि नै प्रश्न चिह्न छ। सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका पनि छन।
पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा भिसीटिएस लगायतका प्रक्रिया अपनाएर पठाउने गरेका छन्।
सीमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भन्सार कार्यालयलाई सपोर्ट गर्न सशस्त्र परिचालित छ।
काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...
काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...
काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...