पिकअप भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु – Naya Bikalpa
September 30, 2023, Saturday

पिकअप भ्यानको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 

काठमाडौं। बारा जिल्लामा एउटा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ ६ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६ बाराकिलोस्थित पूर्व–पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३–०३–००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न.–३–०१०–२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका–२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
राजधानीबाट साँझैमा चोरी भयो हडियाको हायस
  • २०८० आश्विन २, १६: ५२

काठमाडौं । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनाराबाट साँझपख नै भाडाको हायस माईक्रो चोरी भएको छ। उदयपुरको हडियाबाट सिन्धुलीहुँदै काठमाडौंसम्म नियमित...

जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
जर्मनीले चन्द्रागिरी नगरको सहकार्यमा थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल बनाउने
  • २०८० आश्विन २, १६: ५२

काठमाडौं। काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका वडा नं ४ स्थित थानकोटमा प्रसुति विशेषज्ञ अस्पताल निर्माण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाका प्रमुख...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
  • २०८० आश्विन २, १६: ५२

  काठमाडौं। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले...