खालिस्थान समर्थनको आरोप लागेका गायक शुभनीतको मुम्बइ कनसर्ट रद्ध – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

खालिस्थान समर्थनको आरोप लागेका गायक शुभनीतको मुम्बइ कनसर्ट रद्ध

मुम्बई। पञ्जापी मुलका क्यानेडियन गायक शुभनीत सिंहको भारतमा हुने भनिएको कन्सर्ट रद्ध भएको छ। २६ वर्षीय सिंहमाथि खालिस्तानियाको समर्थन गरेको आरोप लागेपछि मुम्बइमा हुने भनिएको उनको कन्सर्ट रद्ध भएको हो।

सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ। उनले केही समयअघि सामाजिक सञ्जालमा भारतको विवादित नक्सा सेयर गरेको बताइएको छ। जसमा पञ्जाव र जम्मू कश्मीरलाई नक्साबाट हटाएको देखाएको थियो।

यो पोस्टपछि उनी झनै विवादमा तानिएका हुन्। भारतीय जनता युवा मोर्चाका कयौं सदस्यले शुभनीतले खालिस्तानियाको समर्थन गरेको दावी गरेका छन्।

यो आरोपपछि फ्यानदेखि सेलिब्रेटीसम्म सबै उनीप्रति आक्रोशित भएका छन्। धेरै ठूला कम्पनीले पनि गायकमाथि आक्रोश पोखेका छन्।

उनको यही असोजमा मुम्बइमा एक ठूलो कन्सर्ट हुन लागेको थियो। जसको टिकट पनि बिक्री भइसकेको छ।

तर, गायकमाथि खालिस्तानियाको समर्थन गरेको आरोप लागेपछि प्रायोजक ‘बोट इण्डिया’ ले एक विज्ञप्ति जारी गर्दै शुभनीतको भारतमा हुने कन्सर्टलाई अब प्रायोजन नगर्ने र उक्त कन्सर्ट रद्ध भएको जानकारी गराएको छ।

शुभनीत पंजाबी गायक हुन्। उनको जन्म १९९७ मा पञ्जाबमा भएको थियो। तर, उनी हाल क्यानडा बस्छन्। शुभनीतका गीतहरू भारतमा निकै लोकप्रिय छन्। फ्यानहरूले उनलाई शुभको नामले चिन्छन्। उनले २०२१ मा इरमान थियारासँगको ‘डन्ट लुक’बाट आफ्नो गायन करियर सुरू गरेका थिए।

पृथकतावादी खालिस्तानी नेता हरदीपसिंह निज्जरको हत्या विवादले क्यानडा र भारतबीच विवाद सुरू भएको छ।

सोही प्रकरणलाई लिएर दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन् भने आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन एडभाइजरी सार्वजनिक समेत गरेका छन्। एजेन्सी

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० आश्विन ४, १३: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० आश्विन ४, १३: २१

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८० आश्विन ४, १३: २१

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...