७० बर्षिया वृद्धा र ३५ वर्षे युवकबीच पाकिस्तानमा बिहे – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

७० बर्षिया वृद्धा र ३५ वर्षे युवकबीच पाकिस्तानमा बिहे

लाहौर। ३५ वर्षका नईम शहजाद आफ्नोभन्दा दोब्बर उमेरकी महिलासँग प्रेममा परेपछि अन्तत विवाह गरेका छन्।

उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए। दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको माया जालमा परेर मित्रतालाई बिबाहमा परिणत गराउन सफल भए।

पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए। सन् २०१५ मा क्यानडाकी मेरीले उनलाई प्रपोज गरेकी थिइन्। तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए ।
तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले। जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन्। ७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन्। यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन्।

केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन्। तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन्।

उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्, मेरी मानसिक रूपमा विचलित थिइन्। उनी निकै बूढो भइसकेका छिन्। उनी आर्थिक रुपमा पनि कमजोर छिन्। मामूली पेन्सनमा मात्रै बाँचेकी छिन्। हामी बीचको उमेरको भिन्नता के हो? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’

उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए।

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०८० आश्विन ४, १४: ०५

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० आश्विन ४, १४: ०५

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० आश्विन ४, १४: ०५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...