
लाहौर। ३५ वर्षका नईम शहजाद आफ्नोभन्दा दोब्बर उमेरकी महिलासँग प्रेममा परेपछि अन्तत विवाह गरेका छन्।
उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए। दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको माया जालमा परेर मित्रतालाई बिबाहमा परिणत गराउन सफल भए।
पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए। दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए। सन् २०१५ मा क्यानडाकी मेरीले उनलाई प्रपोज गरेकी थिइन्। तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए ।
तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले। जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन्। ७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन्। यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन्।
केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन्। तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन्।
उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्, मेरी मानसिक रूपमा विचलित थिइन्। उनी निकै बूढो भइसकेका छिन्। उनी आर्थिक रुपमा पनि कमजोर छिन्। मामूली पेन्सनमा मात्रै बाँचेकी छिन्। हामी बीचको उमेरको भिन्नता के हो? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’
उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...