शिरोमनी अकाली दलका पूर्वमन्त्रीको घरमा चोरी आरोपमा ३ नेपाली पक्राउ – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

शिरोमनी अकाली दलका पूर्वमन्त्रीको घरमा चोरी आरोपमा ३ नेपाली पक्राउ

लुधियाना। भारतका पूर्वमन्त्री तथा शिरोमनी अकाली दलका नेता जगदीश सिंह ग्राचाको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन्। घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ।

शिरोमनी अकाली दलका नेता पूर्वमन्त्री ८८ वर्षीय ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो। महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए।

उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए। उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो।

लगत्तै लुधियाना प्रहरीले दिल्ली प्रहरीको सहयोगमा विशेष अपरेसन चलाएको थियो। लगत्तै फरार नेपाली कामदार करन बहादुरसहित तीन जना पक्राउ परेका थिए।

प्रहरीले लुटेराहरूको साथबाट १ करोड बराबरको सुनको गहना, २लाख ७६ हजार भारतीय रुपैयाँ, पाँचवटा ब्रान्डेड घडी, विभिन्न देशको सिक्का, मोती र सिल्भर गिलास बरामद गरेको छ।

प्रहरी कम्स्निर मन्दीप सिंह सिद्धुका अनुसार लुटेराहरू एक दुई दिनभित्रै भागेर नेपाल पुग्ने योजना बनाएका थिए। तर उनीहरूलाई दिल्लीमा लुकिरहेको स्थानबाट पक्राउ गर्न सफल भएको उनको भनाई छ।

किला रायपुरबाट दुईपटक सांसद रहिसकेका ग्राचा सन् १९९७ देखि २००२ सम्म शिरोमनी अकाली दल–भाजपा सरकारमा क्याबिनेट मन्त्री रहेका थिए। एजेन्सी

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० आश्विन ४, १४: २५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० आश्विन ४, १४: २५

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८० आश्विन ४, १४: २५

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...