कांग्रेसद्वारा भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कांग्रेसद्वारा भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद चन्द्र भण्डारीसहित ८ जना कांग्रेस नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार प्रतिनिधिसभा सदस्य गुल्मीका डा.चन्द्र भण्डारी, पूर्वमन्त्री अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पूर्वमन्त्री पर्वतका अर्जुनप्रसाद जोशी, पूर्वमन्त्री काभ्रेका शिवप्रसाद हुमागाईंलाई नियुक्त गरेकाछन्।

सभापति देउवाले बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटालाई पनि मनोनित गरेका छन्।

देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन्। भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए।

विश्वकर्माले सहमहामन्त्रीमा संस्थापनइत्तर पक्षबाट उम्मेदवार भएका जीवन परियारसँग पराजित भएका थिए।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन ४, १४: ४४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन ४, १४: ४४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन ४, १४: ४४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...