प्रधानसेनापति शर्मा इण्डो– प्यासिफिक सेना प्रमुखको सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने जाने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानसेनापति शर्मा इण्डो– प्यासिफिक सेना प्रमुखको सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने जाने

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँदिल्लीमा असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुने भएका छन्।

भारत र अमेरिकाको सेनाहरूको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो। सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो। उनी असोज ११ गते स्वदेश फर्किने छन् । नेपाली सेनाले उक्त सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबाट मित्र राष्ट्रका सैन्य संगठनहरूबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ५, १४: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ५, १४: ५४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० आश्विन ५, १४: ५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...