भारत –क्यानाडा तनाव चर्किदैः भिसा सेवा बन्द, कुटनीतिज्ञ ‘कटौती’ गर्न नयाँदिल्लीको माग – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भारत –क्यानाडा तनाव चर्किदैः भिसा सेवा बन्द, कुटनीतिज्ञ ‘कटौती’ गर्न नयाँदिल्लीको माग

नयाँदिल्ली। एक शिख पृथकतावादीको हत्याको विषयलाई लिएर क्यानाडा र भारतबीच उत्पन्न विवाद चर्किंदै गएपछि नयाँ दिल्लीले भारतमा रहेका क्यानाडेली कुटटनीतिक कर्मचारी कटौतीको माग गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत जुनमा भ्यानकुभरनजिकै हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको भूमिका रहेको भन्ने आरोपलाई भारतले गम्भीरताका साथ लिएसँगै हाल भिषा सेवा बन्द गरेको छ।

यस परिणामले निज्जरको हत्यामा भूमिका खेलेको कुनै पनि भनाइलाई ‘बेतुकको हल्ला’ भन्दै भारतले आरोपको खण्डन गरेको र कुटनीतिक अधिकारीको निष्कासनको मार्गलाई अघि बढाएको थियो।

यो आरोपले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र जी–७ सदस्य क्यानडाबीचको तनावपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भने, ‘हामीले क्यानाडा सरकारलाई कूटनीतिक उपस्थितिमा समानता हुनुपर्छ भनेर सूचित गरेका छौं।’ उनले भने, ‘यहाँ उनीहरूको सङ्ख्या क्यानाडामा हाम्रो भन्दा धेरै छ। त्यसमा कमी हुनुपर्छ भन्ने मलाई लाग्छ।’

नयाँदिल्लीले क्यानडामा भिसा आवेदनहरू ह्यान्डल गर्न बन्द गरेको छ, ‘सुरक्षा खतराहरू’ कारक देखाउँदै उनीहरूले यसले आफ्ना अधिकारीहरूको काममा ‘बाधा’ पुर्याइरहेको बताएका छन्।

“हालका लागि क्यानडाको सुरक्षा अवस्था र क्यानडा सरकारको अकर्मण्यताका कारण हामीले अस्थायी रूपमा भिसा सेवा बन्द गरेका छौं,” बाग्चीले भने।

केही समयअघि क्यानडाको उच्चायोगले आफ्ना कर्मचारीलाई ‘विभिन्न सामाजिक सञ्जालमा धम्की’ दिएपछि भारतमा रहेका कूटनीतिज्ञको सङ्ख्या ‘समायोजन’ गर्ने बताएको थियो।

क्यानडाको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“तनाव बढेको वर्तमान वातावरणलाई मध्यनजर गर्दै हामी हाम्रा कूटनीतिज्ञहरूको सुरक्षा सुनिश्चित गर्न कदम चालिरहेका छौं, परिणामस्वरूप र सावधानीको प्रचुरताको कारण, हामीले अस्थायी रूपमा भारतमा कर्मचारीहरूको उपस्थिति समायोजन गर्ने निर्णय गरेका छौं।”

क्यानाडेली नियोगले त्यहाँबाट बाहिरिने व्यक्तिको सङ्ख्या बारे विस्तृत विवरण नदिए पनि आफ्ना कार्यालयहरू ‘खुला र सञ्चालन’ भएको बताउँदै आफ्ना कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ।

‘भारतले त्यहाँ हाम्रा मान्यता प्राप्त कूटनीतिज्ञहरू र कन्सुलर अधिकारीहरूको सुरक्षाप्रदान गर्नेछ भन्ने आशा गर्दछौं, जसरी हामी उनीहरूका लागि गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

सोमबार ओटावाले क्यानडामा भारतीय विदेश गुप्तचर सेवाका प्रमुख भनिएका एक कूटनीतिज्ञलाई देश निकाला गरेपछि नयाँ दिल्लीले क्यानडाका एक कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो।

भारतको विदेश मन्त्रालयले क्यानडामा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि चिन्ता व्यक्त गरेको एक दिनपछि भिसा स्थगन गरिएको हो।

‘धम्कीले विशेषगरी भारतीय कूटनीतिज्ञ र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका एक वर्गलाई लक्षित गरेको छ,’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। क्यानाडामा भारतको पृथकताबादी समूह खालिस्थानका कार्यकर्तालाई संरक्षण दिएको नयाँदिल्लीको आशंका छ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० आश्विन ५, १५: ३६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० आश्विन ५, १५: ३६

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८० आश्विन ५, १५: ३६

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...