
काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले राजधानी केन्द्रित नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रवार विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले उठाउँदै आएको जायज माग र आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताएका छन्।
‘सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा पेस गरेसँगै नेपालको शिक्षा क्षेत्र आन्दोलित भएको छ। उक्त विधेयकले शिक्षा क्षेत्रका विद्यमान समस्याहरूको समाधान गर्न नसकेको, शिक्षक एवम् ट्रेड युनियन अधिकार लगायत विभिन्न मौलिक हकहरुलाई समेत कुण्ठित गर्ने भन्दै असोज ३ गते बुधवारदेखि शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनप्रति ट्रेड युनियन काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
शिक्षा क्षेत्रलाई प्रोत्साहित, मर्यादित र व्यवस्थित गर्नुको सट्टा शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायतले उठाउँदै आएको मागलाई बेवास्ता गरी एकपक्षीय ढंगले विधेयक संसद्मा पेस हुन संविधान विपरीत भएको राईले बताए।
डामाडोल शिक्षा क्षेत्र, शिक्षक एवं कर्मचारीहरूको वृत्ति विकासको बेवास्ता, पेसागत एवं ट्रेड युनियन अधिकारको कुण्ठित लगायत मौलिक हकलाई अङ्कुश लगाउने कार्यप्रति ट्रेड युनियनले विमति रहेको उनको भनाइ छ ।
संसदमा पेस गरिएको विद्यालय शिक्षा विधेयक, २०८० लाई तत्काल फिर्ता लिई आन्दोलनरत शिक्षक महासंघ, नेपाल शिक्षक संघ लगायत सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्शमा सहमति खोज्न ट्रेड युनियनले अनुरोध गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...