
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले मिश्रित निर्वाचन प्रणालीमा पुनर्विचार गर्नु पर्ने भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेसी बनाउन माग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिवको जारी बैठकको चौथो दिन सोमबार लामाले मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीको बहुमत नआउँदा जनतामा अविश्वास सिर्जना भएकोले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेसी बनाउनु पर्ने बताएका हुन्।
उनले राष्ट्रिय सभालाई समावेशी बनाउनुपर्ने भन्दै नेता लामाले राहत कोटाका शिक्षकका माग समाधान गर्न कांग्रेसले पहल गर्नु पर्ने बताए।
चाडबाड नजिकिँदै जाँदा मूल्यवृद्धि भएको भन्दै महँगी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउन पनि उनले माग गरे । कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय बीपी नगर ललितपुरमा जारी छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...